Date
बुध, साउन २१, २०७७
Wed, August 5, 2020

गायक सुजन ढकालले ‘मानव सेवा आश्रम’मा मनाए जन्मदिन

सुर्खेत । पपगायक सुजन ढकालले सहयोग जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘मानव सेवा आश्रम’ आर्थिक सहयोग गरेका छन । केही वर्षदेखि आफ्नो जन्मदिन र अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आएका गायक सुजनले यसपटक करिब ६० जना आश्रित ‘मानव सेवा आश्रम’मा रहेकालाई भोजन गराएर आफ्नो जन्मदिन मनाएका हुन् । साउन १५ विशेष खीर खाने दिन भएकोले गायक ढकालले ‘मानव सेवा आश्रम’ रहेकाहरुलाई खीर, पुरी, तरकारी, मिठाइ लगायत भोजन गराएर जन्मदिन मनाएका हुन् । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका कारण आफुले सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका कारण आश्रममा जन्मदिन मनाएको गायक सुजनले जानकारी दिनु भयो ।

जन्मदिनका केहि झलकहरु

गायक सुजनले केहि दिन पहिला बाँकेको नेपालगन्जमा रहेको असहाय, अशक्त र जेष्ठ नागरिकको हेरचाह गर्ने सस्था ‘निलसागर’लाई पनि विभिन्न खाद्य र स्वास्थ्य सम्बन्धी सामग्रीहरु सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया