Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत ‘कति राम्री’ सार्वजनिक [भिडियो सहित ]

बुटवल । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत ‘कति राम्री’ सार्वजनिक भएको छ । विगतका वर्षहरुमा पनि तीजगीत लिएर दर्शक स्रोतामाझ छाइरहनु भएकी लोकप्रिय गायिका नेपाललाइ तीजगीत ‘कति राम्री’ को स्वरमा गायक डिल्लिनारायण पाण्डेले साथ दिनु भएको छ
अंकिता नेपाल र निरजले अभिनय रहेको गीतको म्यूजिक भिडियोलाइ बुटवल आसपासका क्षेत्रमा छायांकन गरिएको हो । श्रीनगर फिल्मस प्रालीको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।
लोकेन्द्र शाहको निर्देशन रहेको उक्त भिडियोको छायांकन भने मनिष पन्तले गरेका हुन । भिडयो निर्माणमा हिमचुली पार्टी प्यालेस तथा रेष्टुरेन्टका भुपेन्द्र पौडेल र कृष्ण शर्माले बिशेष सहयोग गरेका थिए ।

 

तपाईको प्रतिक्रिया