अहिले सम्मकै फरक तीज गीत ‘तीजको रमझम’ सार्वजनिक [भिडियो ]

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा गायिका बर्षा शर्माको पहिलो तीजको कोसेली आयो ‘तीजको रमझम’ सार्वजनिक भएको छ ।
गायक एबम संगीतकार रमेश पाठकको शब्द संगीत रहेको गीतमा नरेन्द्र वियोkगीको एरेन्ज, मिक्स र मास्टरिङ्ग रहेको छ ।
‘तीजको रमझम’ को म्युजिक भिडियोमा वर्षा शर्मा ,पुजा पाठक र अश्मी भुजेलको मनमोहक नृत्य रहेको छ
रमेश पाठकको निर्देशमा बनेको भिडियोमा नबिन बाबु गुरुङको क्यामेरा र रोशन धितालको सम्पादन रहेको छ । म्युजिक भिडियो निर्देशन , गायन , संगीत र गीत रचनामा साथै समय सान्दर्भिक सन्देशमुलुक गीतहरु को साथै पप ,आधुनिक लोकदोहोरी जस्ता धेरै विधाका गीतहरु गाउन सक्ने खुबी भएका बहुमुखी प्रतिभाका धनी रमेश पाठक गीत रचना अनि संगीतमा पनि त्यतिकै पोख्त छन् । लामो समय नेपाल टेलिभिजन प्लसमा कार्यक्रम संगीत मन्थन चलाएका पाठक जिनियस म्यूजिक को साथै जिनियस म्यूजिक एन्ड डान्स स्कूलका निर्देशक रमेश पाठक एक संगीत ब्यबसायी पनि हुन ।
थप समाचार

तपाईको प्रतिक्रिया