Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

‘यो तिजमा मज्जै हुने भो’ भन्दै आए नकुल र देवी (भिडियोसहित)

काठमाडौं । गायक नकुल गौतम र गायिका देवी आलेको स्वरमा सजिएको तिज गीत ‘यो तिजमा मज्जै हुने भो’ को भिडियो सार्वजनिक भएको छ । नकुल गौतमको शब्द संगीत तथा रमेश सेन्चुरिको संगीत संयोजन रहेको गीत पारीधी मिडिया को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिमसेन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा दिलिप तामाङ ‘हुरहुर’, देवी आले र नारायण नेपाल फिचर्ड छन । प्रवेश पोख्रेलको छायाँकन रहेको भिडियोमा सुरेश श्रेष्ठको सम्पादन रहेको छ । गीत आँफैमा सुमधुर र त्यस माथी भिडियो पनि उत्कृष्ट बनेकोले दर्शक स्रोताहरुले आफ्नो गीत मन पराउनेमा आसाबादी रहेको निर्माता नारायण नेपालले जानकारी दिए । भिडियो हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

...र यो पनि