Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बाग्लुङ्गका चेलीहरु दिलु, ज्ञानु र दिलसराको मौलिक तीज गीत बजारमा [भिडियो सहित ]

काठमाडौं । बाग्लुङ्गका चेलीहरु दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको नयाँ मौलिक तीज गीत ‘तीजको लहर छायो बरीलै’ बजारमा आएको छ । तीनै जनाको संयुक्त स्वरमा आएको गीतले रिलिज भए संगै बिस्तारै दिदी बहिनीको मन छुदै गएको छ ।

‘तीजको लहर छायो बरीलै’ ‘ गीतको भिडियोमा खुशी बुढा मगर, बिमता बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ । दिलु र ज्ञानले लेखेको तीज गीतमा दिलसराले संगीत भरेकी हुन् ।

चुमान काउचा मगरले मगरले एरेन्ज गरेको गीतलाई रबिन मगरले मिक्सिंग गरेका हुन ।चुमान काउचा मगरले नै निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काको कोरियोग्राफी छ । गीतको भिडियो बसन्त महर्जनले खिचेका हुन भने हुम गैरेले सम्पादन गरेका हुन ।

पुरानो तीज गीतको भाकालाई उत्थान गरेको तीज गीतमा माइतीघरका साथीसंगी तथा दिदीबहिनीको सम्झना व्यक्त गरिएका छन ।

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि