Date
बिहि, फाल्गुन २०, २०७७
Thu, March 4, 2021

“कथा”अपार सफलता पछि रानीले ल्याइन ‘कथा २’ [ भिडियो सहित ]

लामो समय देखि अमेरिकामा बसेर निरन्तर नेपाली गीत संगीतमा सक्रिय गायिका रानी शाक्यले ”कथा” गीतको सफलता पछि नयाँ गीत ‘कथा २’ सार्वजनिक गरेकी छिन। ‘कथा २’ मा अरुण तिवारीको शब्द र जीवित जल्मीको ओरहेको संगीत रहेको छ । हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा ।कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु । हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् । गायिका रानी शाक्यले जीवनको सत्यता गीत मार्फत बताउने कोसिस गर्दै ‘कथा २’ सार्वजनिक गरेकी हुन् । यसअघि सफल गीत “कथा” मा गायक कमल खत्री संग युगल गायन गरेकी शाक्यले अर्को कोण बाट ‘कथा २’ सार्वजनिक गरेकी हुन।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफिसियल युट्युव च्यानल “रानी शाक्य” मार्फत सार्वजनिक गरिएको छ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि