Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

शिवको स्वर, शंकरको संगीतमा ‘अतालिन्छ यो मन’ सार्वजनिक ( भिडियो सहित )

पछिल्लो समयका चर्चित संगीतकार शंकर थापा “स्माइल” को संगीतमा ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ
गायक शिव परियारको स्वर, रहेको रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ ।
म्युजिक भिडियोमा रविन बिष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् । यसअघि उनका “गर्व लाग्छ” , र “महसुस” बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियार संग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् ।
अमेरिकामा फिल्म र्निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्। आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि