Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

लकडाउनमा अधुरै रह्यो समुन्द्रको प्रेम कहानी (भिडियो)

गायक समुन्द्र खतिवडाले आफ्नो बिल्कुलै नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् । हाल युएईमा रहेका गायक खतिवडाले कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई मनोरंजन दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर समुन्द्र खतिवडाको रहेको छ भने शब्द रमन सुवेदीको रहेको छ । गीतमा नबराज बस्नेतको संगीत रहेको छ ।

युएईमा छायांकन गरिएको भिडियोलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय नेपाली मोटो ब्लगर भनेर चिनिने यल्ला ब्रोदर्सले सम्पादन अनि छायांकन गरेका हुन् । म्युजिक भिडियोमा सुबाश, सोराया र रिचेलको जिवन्त अभिनय देख्न सकिन्छ । माया, प्रेम र बिछोडका विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई रमन सुबेदीको निर्देशनमा तयार पारिएको हो ।

एस के नेपाली म्युजिकको अफिÞसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खतिवडाले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि