Date
शुक्र, कार्तिक ७, २०७७
Fri, October 23, 2020

संगीतमा आफ्नो छुट्टै पहिचान बनाउदै ‘केशब भाबुक’

जिन्दगीको उतार चडाब अनि भागदौड सँगै मानिस जिउँछ अनि आफुलाई प्रस्तुत गर्छ । नितान्त व्यक्तिगत जिबनयापनगरिरहेको मान्छे भित्र पनि एक कलाकार लुकेको हुन्छ । फरक यति हो कसैले आफुलाई आफु को हुँ भन्ने पत्ता लगाउँछ अनि दुनियालाई देखाउँछ भने कयौँका सपनाहरु त्यसै ओईलिन्छन अनि गुम्सिन्छन्, भित्रै तुष पर्छन् मेटिन्छन् ।  लगनशिलताले मानिसलाई बिन्दुमा पुर्याउने गर्दछ भने निरन्तरताले परिपक्व अनि साधनाले निपुर्ण बनाउने गर्दछ । लगन, निरन्तरता अनि आत्मबल सँगै आफ्नो कर्मले खारिएका एक प्रतिभावान व्यक्तित्व केशब भाबुकलाई हामीले नियाल्ने कोसिस गरेका छौं । प्रस्तुत छ गायक भाबुकसँगको अन्तरंग कुराकानी ।

१) तपाईको जन्म कहाँ भयो ?
मेरो जन्म खोटाङ जिल्लाको दिक्तेल, सोल्मा होस्माटोल भन्ने गाउँमा साधारण परिवारमा भएको हो ।

 

२) तपाई गीत संगीत प्रति कसरी आकर्षित हुनुभयो ?
सानोमा स्कुल, कलेजमा हुने कार्यक्रमहरुमा गीत गाउने गर्थें । पछि रहरै रहरमा एल्बम गरियो । त्यसपश्चात अन्य गीत संगीतका प्रोजेक्टहरुमा सहकार्य गर्ने मौका मिल्यो । अब त संगीत नशा भैसक्यो ।

 

३) भर्खरै तपाईको स्वर, शब्द र संगीतमा रहेको “एक चिलिम” म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्शक, स्रोताको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
कोरोनाले संसार नै रोई रहेको बेला संगीत मार्फत रिफ्रेश बनाउने हाम्रो कोसिस हो । यो गीतमा जिन्दगीमा पिर नलिएर रमाइलो गरेर बिताउनु पर्छ भन्ने संदेश दिइएको छ । मिडिया सपोर्ट राम्रो पाइरहेको छु । सुन्ने हेर्ने सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । सबैलाई धन्यवाद भन्न चाहन्छु ।

 

४) संगीतको यात्रा कस्तो हुदैछ ? अहिले सम्म आफुले देखेका भोगेका संघर्ष, सम्झना सुनाउनुहोस ?
यो यात्रा सोचेको भन्दा धेरै गाह्रो रहेछ । अहिलेसम्म केहि भोगियो अझै केहि भोग्न बाँकी छ । माथि पुग्न ठाउँमा मान्छे हुनु पर्ने रहेछ । राम्रो फाइनानसिएल सपोर्ट गर्ने पनि चाहिन्छ । नयाँ प्रतिभाहरुको कलालाई सम्मान गर्ने र सहयोग गर्नेहरुको खाँचो छ ।

 

५) संगीत पेशा बाहेक अरु केहि गर्नुहुन्छ ? संगीत बाहेक अरु केहि रुचि छ ?
मलाई संगीत प्रति ठुलो लगाव छ । अहिले म फुल टाईम म्युजिकमा छु । संगीत बाहेक मलाई शिक्षण पेशामा रुचि छ ।

 

६) नेपालमा गीत संगीतको अवस्था कस्तो छ ?
अहिले सबै गायक छन्, पैसा खर्च गरेर गित हिट बनाउने एक प्रकारको व्यापार नै भएको देखिन्छ । यो राम्रो हैन, संगीतमा त्याग चाहिन्छ, मेहेनत चाहिन्छ । कलाकारले धैर्यता राख्न सक्नु पर्छ । हिट हुन जे पनि गर्ने कलाकार धेरै छन् यहाँ । कलाकार इमान्दार भएर अघि बढ्न जरुरी छ ।

 

७) आगामी दिनमा कस्ता गीत संगीत तपाईबाट अपेक्षा गर्न सकिन्छ ?
आगामी दिनहरुमा आधुनिक, फिल्मी स्वादका गीतहरु गर्न मन छ । राम्रो संदेश बोकेका अश्लीलता नभएका राम्रा गीतहरु अपेक्षा गर्न सक्नुहुन्छ ।

 

८) अब छिट्टै आउन लागेको कुनै गीत छ ?
मैले गाएका धेरै गीत खासै सार्वजनिक भएका छैनन् । त्यसको मुल समस्या भिडियो नबन्नु हो । अब छिट्टै ३–४ वटा रिलिजको तयारीमा छन् जस्तै, “पिरिम गासेर”, “दार्जिलिङ घुम्न”, “बरैको छाँया” लगायतका गीत छन् ।

 

९) आगामी सपनाहरू के–के छन ?
गीत संगीतका माध्यमबाट देश समाजमा योगदान पुर्याउन चाहान्छु । असल मान्छे भएर परिवारको जिम्मेवारी पुरा गर्न चाहन्छु ।

 

१०) अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
सबै नेपालीहरुलाई खुशी साथ बस्नुहोस भन्न चाहन्छु । नेपाली गीत संगीत र कलाकारलाई माया गर्नुहोस भन्न चाहन्छु ।

 

तपाईको प्रतिक्रिया