Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

लिपुलेकको विवाद चलेको बेला आयो यस्तो गीत [भिडियो सहित]

नेपाल सरकारले सोमबार मात्रै लिपुलेक, लिम्पियाधुरा, कालापानी समाबेश नेपालको नयाँ नक्सा जारी गरेको छ अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण तातिरहेको छ । कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।
नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ सार्वजनिक गरेका छन् । हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत, स्वर र संगीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ ।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङले निर्माण गरेका हुन । भिडियोले दर्शक, स्रोता र मिडिया हाउसबाट राम्रो साथ पाइरहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि