Date
आइत, फाल्गुन २३, २०७७
Sun, March 7, 2021

रन मगरले लिएर आए ‘मायालु प्रियशी’ (भिडियो सहित)

लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रन मगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ । गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानको रहेको छ ।

द साइलेण्ट मंक ब्याण्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय रहेको छ । कर्मा ब्याण्डका गायक सुरेन्द्र मान सिंहले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । नन्दु मिश्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजीत रानाको निर्देशनमा तयार पारिएको हो ।

भिडियो

 

ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि