Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

महेश ज्ञवालीको शब्द र संगीतमा दीपा नारायणको ‘जय होस्’ (भिडियो सहित)

गायिका दीपा नारायण झाको ‘जय होस्’ बोलको गीत सार्वजनिक भएको छ । युवा संगीतकार महेश ज्ञवालीको संगीत र रचना रहेको उक्त गीतका संगीत संयोजक नील गुरुङ हुन् ।

यो गीत कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय हुनेहरुमा समर्पित गरिएको छ । सन्देशमुलक तथा जनचेतना जगाउने शैलीको यो गीतको म्यूजिक भिडियोमा लकडाउन पछिको काठमाडौंका केहि दृश्यहरु पनि समावेश गरिएको छ । भिडियोका लागि गायिक झाले मुम्बईबाट नै अडियो तथा आफैले खिचेका दृश्यहरु पनि उपलब्ध गराउनु भएको हो ।

भिडियो

तपाईको प्रतिक्रिया

...र यो पनि