Date
बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

लकडाउनमा रानीको सिर्जनात्मक प्रयास ‘फुल होइन मेरो माया’ [भिडियो सहित ]

लामो लकडाउनको कारण  विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतको लिरिकल गीतको म्युजिक भिडियो र अडियो हरु सार्वजनिक गरिरहेका छन्
लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका रानी शाक्यले आफ्नो नयाँ सिर्जना ‘फुल होइन मेरो माया’ सार्वजनिक गरेकी छिन ।
हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । कोरना कहर बीच सेवा पुर्याइरहेकी शाक्यले संगीत मार्फत मन बहलाउन लभ भर्सनको रोमाण्टिक गीत सार्वजनिक गरेकी हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द लक्ष्मी श्रेष्ठको रहेको छ । गीतमा संगीत ओम कर्माचार्यको रहेको छ ।
गायिका शाक्यका यसअघि ‘को हो त्यो’ , ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन। चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी , सहदेव ढुंगाना , लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यको हाल सम्म डेढ दर्जन गीत सार्वजनिक गरिसकेकी छिन ।
स्वयम गायिका शाक्यको अफिसियल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायिका शाक्यले बताएकी छिन ।

भिडियो

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि