Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

अर्पणा श्रेष्ठको नयाँ गीत ‘माथि चौतारीमा कुरौला’ सार्वजनिक [भिडियो ]

 लोकप्रिय गायिकाअर्पणा श्रेष्ठले नयाँ गीत ‘माथि चौतारीमा कुरौला’ बोलको गीत सार्वजनिक गरेकी छिन । सचिन थापाको शब्द ,सगीत रहेको गीतको म्युजिक भिडियोमा सपना ,सचिन,एलेक्स ,सिदार्थ , लगायतको अभिनय रहेको छ । गीतमा जनमानसको जिब्रोमा नआउने अर्थात् भुलीसकेका शब्दहरु पनि परेका छन जसले गीतलाई गहन बनाएका छन् ।
सचिन थापाको निर्देशनमा बनेको भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ। लोकप्रिय गायिका अर्पणाको स्वरमा यसअघि पनि धेरै गीतहरु र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन । साथै उनले चर्चित गायकहरु सुगम पोखरेल, नबिन के भट्टराई, कमल खत्री लगायतसंग डोएट गीत गाइसकेकी छिन जसलाई दर्शकले धेरै मन पराएका थिए । यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई गायिका अर्पणाले आग्रह गरेकी छिन ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि