Date
शनि, फाल्गुन १५, २०७७
Sat, February 27, 2021

भव्यताका साथ हिमालयन म्युजिक अवार्डको तेस्रो संस्करण सम्प्पन

काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा गत शनिवार सम्प्पन भएको हिमालयन म्युजिक अवार्डको तेस्रो संस्करण थियो। दुबईमा हुने भनिएको यो अवार्ड कोरोना भाइरसको कारणले दुबईमा स्थगित गरेर नेपालमै आयोजना गरिएको थियो। पप, आधुनिक ,लोक दोहोरी र चलचित्र गरेर ४० भन्दा बढी बिधामा अवार्ड वितरण गरिएको थियो। यसपाली काठमाडौ बाहिर बसेर पनि कलाकारितामा योगदान दिने कलाकारहरुलाई प्रोत्साहन होस भनेर मोफसल बिधा पनि राखिएको थियो जस अन्तर्गत अवार्ड पाउने हरुमा बिष्णु सुबेदीले जति धेरै बोलको गीत बाट सर्बोत्कृस्ट मोफसल गायनमा अवार्ड हात पारेका छन।

 

चितवन निवासी बिजय तिवारीले पनि यसै बिधाबाट जुरि अवार्ड हात पारेका छन। यसै गरि चितवन निवासी राकेश तामाङले पनि बेष्ट न्यू मोडेलको बिधामा अवार्ड हात पारेका छन साथै उत्सब अधिकारीले यसै बिधामा पब्लिक च्वाईस अवार्ड प्राप्त गरेका छन। यसै गरि मोफसलको बेष्ट मोडेलमा अर्जुन सापकोटाले अवार्ड हात पारेका छन भने जुरि तर्फ सन्जय खतिवडाले अवार्ड हात पारेका छन।यसैगरी शंकर कोइरालाले नब भिडियो निर्देशकको अवार्ड हात पारे। साथै विशाल पौडेलले राष्ट्रिय गीतबाट सर्बोत्कृस्ट शब्दको अवार्ड हात पारेका छन।

 

तपाईको प्रतिक्रिया

...र यो पनि