Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

चर्चित मोडेल सृष्टि खड्का र करण बराल फिचर्ड ‘पुर्व देखि पश्चिम’ रिलिज [भिडियो ]

नेपाली मनोरन्जनको छेत्रमा फरक सोचका साथ आएको  ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको ‘पुर्व देखि पश्चिम’ बोलको गीत सार्वजनिक भयेको छ। हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको अभिनय रहेको छ । कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ।
ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले यसपछि पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने प्रोपाइटर ईश्वर थापाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया