Date
बुध, माघ ७, २०७७
Wed, January 20, 2021

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। भूकम्पबाट विछोडिएको परिवारले पुनर्मिलनका लागि गरेको संघर्षको कथा चलचित्रमा छ। सञ्चारकर्मी फूलमान वलले चलचित्र निर्देशन गरेका हुन्। ‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायत कलाकारको अभिनय छ।यसअघि दीपेन्द्र लामा पनि चलचित्र पत्रकारिताबाट फिल्म निर्देशनमा लागेका थिए।  ट्रेलरका अनुसार प्रेम, बिछोड, पीडा र सरकारी कार्यालयको कार्यशैलीमा आधारित रहेर चलचित्र बनेको अनुमान गर्न सकिन्छ  ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि