Date
शुक्र, कार्तिक ७, २०७७
Fri, October 23, 2020

‘म यस्तो गीत गाउँछु २’को प्रचारप्रसारमा पल शाह र पूजा शर्मा(भिडियोसहित)

फागुनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचारप्रसारमा नायक पल शाह र नायिका पूजा शर्मा निकै मेहनतका साथ लागेका छन् ।  प्रचारकैं क्रममा पल र पूजा काठमाण्डौको व्रिलियन्ट कलेजमा पुगेका छन् ।कलेजमा सयौ विद्यार्थीहरुको माझ पूजा र पलले चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुलाई कलेजका विद्यार्थी र शिक्षकहरुले भव्य स्वागत गरेका थिए ।

 

कार्यक्रममा बोल्दै नायिका पूजा शर्माले भनिन्–‘कलेज लाइफमा म पनि बदमास थिएँ । तर, कुन बाटोमा लाग्ने भन्ने उमेर नै यही हो । पढाइसँगै मनोरञ्जन पनि गर्नुहोला ।’नायक पल शाहले यो उमेरले भविष्य बनाउने बताउँदै विद्यार्थीहरुलाई पढ्न र चलचित्र हेरेर मनोरञ्जन लिन पनि आग्रह गरे । चलचित्रका निर्देशक सुदर्शन थापाले मानिसको जीवनमा अध्ययनसँगैसँगै कहिलेकाही मनोरञ्जन पनि आवश्यक रहेको सुनाए ,पल र पूजालाई कलेजमा देख्दा विद्यार्थीहरु उत्साहित देखिएका थिए । यो चलचित्रलाई लिएर दर्शकमा उत्साह छ ।

हेर्नुहोस् कार्यक्रमको एक भिडियो –

 

तपाईको प्रतिक्रिया