Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

सधै फेशनमा पोख्त देखिने ‘मंगोलियन हर्ट’का किरण नगरकोटी [ फोटो फिचर ]

२५ बर्ष पुरानो चर्चित सांगीतिक समुह हो ‘मंगोलियन हर्ट’ यही लोकप्रिय ब्याण्डमा बिगत १२ बर्ष देखि निरन्तर लिडगितारिष्ट को रुपमा रहेका छन् किरण नगरकोटी
ब्याण्डको स्वदेश देखि संसारभरका विभिन्न देशहरु हुने सांगीतिक कार्यक्रममा मिठो गितारको सगीत मार्फत लाखौ दर्शकलाई नचाउने लिडगितारिष्ट किरणको संगीत सगै फेसनले पनि धेरै युवा युवतीको आँखालाई तान्ने गर्छ ।
फरक फरक कार्यक्रममामा देखिने उनको सुन्दर र चिटिक्क देखिने गरी लगाउने पोशाक मात्रै न भएर मेकअप,हेयर डिजाइनिङ, र उनले
दैनिकी चढ्ने आकर्षण खालको बाइक र गाडीको कारण पनि उनी साथीभाई र दर्शकको रोजाइमा झट्टै नै चिनिने गर्दछन ।

पछिल्लो समय युवाहरुको ठूलो जमात काठमाडौं लगायत देशभर फेसन डिजाइनिङमा तानिएको समयमा उनलाई एउटा पहिरन र गेटअप प्रेरक व्यक्तिवको रुपमा लिने गर्दछन ।
नेपाली सांगीतिकछेत्रमा रहेका एकदमै कम यस्ता कलाकारमा उनी पर्छन जो सिधा आचरण अनि पहिरनका कारण सधै मानिसहरु चाख मानेर हेर्नेमा पर्छन ।

तपाईको प्रतिक्रिया

...र यो पनि