Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

सेन्टी भाइरस’ को दक्षिण अफ्रीका राइट्स किने व्यबसायी बिदुर पाण्डेले

बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले साउथ अफ्रीकाका लागी प्रर्दशन राइट्स बिक्री गरेको छ। नेपालका व्यबसायी बिदुर पाण्डेले चलचित्र ‘सेन्टी भाइरस’को दक्षिण अफ्रीकाको चलचित्र वितरणको अधिकार लिएका हुन्।
यो संगै पहिलो पटक दक्षिण अफ्रिकामा नेपाली फिल्मको औपचारिक प्रदर्शन हुने भएको छ । नेप्सिने कम्पनीले पहिलो पटक चलचित्र ‘सेन्टी भाइरस’को दक्षिण अफ्रिका प्रर्दशन गर्ने पहिलो कम्पनी भएर इतिहास रचना सफल भएको छ । व्यबसायी बिदुर पाण्डे र नेप्सिने नेपालका व्यवस्थापक दिपेन्द्र कार्की बिच बिहिबार सम्झौता भएको हो ।
साउथ अफ्रीकामा मार्चको पहिलो हप्तादेखि चलचित्रको प्रदर्शन सुरु हुनेछ । रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे , दयाहाङ राइ , बुद्धि तामाङ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि