Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

बिजेन्द्र नौबागेको देशभक्ति गीतको एल्बम बजारमा [भिडियो सहित]

स्याङ्जा जिल्ला नेपाली लोक गीतसंगीतको खानी नै मानिन्छ । सो जिल्लाबाट सयौं श्रष्टाहरुले राष्ट्रियस्तरको कलाकारितामा प्रतिनिधित्व गर्छन् । यसैबीच पछिल्लोचरणमा कलाकार बिजेन्द्र नौबागेपनि यो क्षेत्रमा उदाएका छन् ।
यसअघि पनि उनका धेरै गीतहरु बजारमा आइसकेका छन् । यसअघि लोकदोहोरीमा छाएका बिजेन्द्र यसपटक भने राष्ट्रिय भावका शब्दसहितको गीत ‘म हु सुन्दर नेपाल’ लिएर दर्शक तथा श्रोतासामु आएका छन् । गत माघ १९ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनले गीतको विमोचन गराएका छन् । विमोचन कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
एक्टिभ इन्टरटेनमेन्ट र बिरुवा गाउँपालिका स्याङ्जाले कार्यक्रमको आयोजना गरेका थिए । उनको गीतमा देशप्रतिको माया छचल्किएको छ । गीतमा प्रकृतिको सुन्दर मनोरम देख्न र अनुभव गर्न सकिन्छ ।उनका रचनामा गाउँ, समाज र सबै मिलेर समाजको प्रगति गर्नुपर्छ भन्ने सामुहिक भावना ब्यक्त भएका छन ।
गीतमा सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको छ भने संगीत आरबी लामा र गीतको एरेञ्ज राजु खड्काले गरेका छन् । गीतमा रहेको सामुहिक नृत्यले गीतमा जीवन्तता पस्केको छ ।

तपाईको प्रतिक्रिया