Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

आकाशले गरे चर्चित हिन्दी गीत ‘तेरे बिन’को कभरबाट अभिनयमा डेब्यु

बलिवुड फिल्म सिम्बाको चर्चित गीत ‘तेरे बिन’को नेपालमा पहिलो पटक कभर भिडियो बनाइएको छ । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा आकाश बागचन्द्र र कुसुम अधिकारीले अभिनय गरेका छन भने गीतको भिडियोमा रक कौशलको छायांकन, गायक संगीतकार राजेन्द्र बजगाईंको निर्देशन र बिकाश दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।
बलिवुडमा अत्याधिक लोकप्रिय रहेको उक्त गीतलाई राहत फतेह अली खान, अशिस कौर र तनिस्क बग्चीले गाएका हुन जसमा रश्मि बिरागको रचना र तनिस्क बग्चीको संगीत रहेको छ।
भिडियोको निर्देशक रहेका गायन एबम संगीतकार राजेन्द्र बजगाईंले बलिबुडकै सर्बोत्कृष्ट युट्युब कम्पनी टीसिरीजबाट अनुमति लिएर उक्त गीतको भिडियो निर्माण गरेको र मुस्ताङमामै छायांकन गरिएको नेपाली गीतको पनि छिटै नै भिडियो सार्वजनिक गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

...र यो पनि