शुक्र, माघ ३, २०७६
Fri, January 17, 2020

सगुन र प्रिया लिम्बु फिचर्ड ‘दिन बित्यो’ सार्वजनिक [भिडियो ]

प्रतिभाशाली उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत ‘दिन बित्यो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन । फिदिम घर भै बिगत २ वर्ष देखि काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका यी गायकले यसघि केहि लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन ।
‘दिन बित्यो’ सफ्ट मेलोडियस भर्सनको गीत हो । यस गीतमा गायक लिम्बुले आफ्नै भावनालाई पोखेका छन । गीतमा शब्द , संगीत र स्वर स्वयम गायक सगुन लिम्बुको रहेको छ । गीतको संगीत संयोजन भने देबेश राईले गरेका हुन् । भिडियोमा प्रिया लिम्बु र स्वयम गायक सगुन लिम्बुको अभिनय रहेको छ । योगेश दाहालले भिडियो छायांकन र सम्पादन गरेका हुन् । रोनिश राउतको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।
हाल पुर्ण रुपमा संगीतमा रमाइरहेका गायक लिम्बु स्कुलहरुमा संगीत सिकाउने र गजल बारमा समेत आफ्नो प्रस्तुति दिदै आइरहेका छन । भर्खरै सार्वजनिक उनको नयाँ गीतलाई दर्शक, स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया