Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

सुजाता पाण्डे र कमल खत्रीको युगल स्वरमा ‘तिमी भएर’ सार्वजनिक [भिडियो ]

नेपाल आइडल सिजन १ मा उत्कृस्ट पाँचसम्मको यात्रा तय गर्ने एकमात्र महिला प्रतियोगी सुजाता पाण्डेले आफ्नो बिल्कुलै नयाँ गीत “तिमी भएर”को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन ।आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्ने सुजाताले यसपटक रोमान्टिक भर्सनको तिमी भएर गीत सार्वजनिक गरेकी हुन् ।
यसघि आधुनिक र फिल्मका गीतमा समेत आफ्नो स्वर दिसकेकी गायिका पाण्डेले यसपटक गायक कमल खत्री सँग युगल गीत गायिकी हुन् । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतको संगीत संयोजन बाबु प्रधानले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा नायिका तथा मोडेल वर्षा सिवाकोटी र मोडेल सुशान्त सिंह ठकुरीको अभिनय रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । जय शर्मा सहायक निर्देशक रहेको म्युजिक भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

ओ एस आर डिजिटलको च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस गीतको म्युजिक भिडियोबाट आफु निकै आशावादी रहेको र दर्शक, स्रोता , मिडिया हाउस बाट सकारात्मक साथको अपेक्षा रहेको गायिका पाण्डेले बताएकी छिन । सुजाता पाण्डेलाई सांगीतिक यात्राको शुभकामना ।

तपाईको प्रतिक्रिया

...र यो पनि