Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

गलबन्दी पछि आयो प्रकाश सपुतको सबैलाई रुवाउने ‘हुन्छ भनन’ [भिडियो ]

चर्चित गीत ‘गलबन्दी’का गायक ,एबम मोडेल प्रकाश सपुतको फेरि अर्को सबैलाई रुवाउने भिडियो सार्वजनिक भएको छ।गायिका पूजा सुनुवारको ”रहर” एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ
गायिका पूजा सुनुवारको ”रहर” एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ”रहर”लाइ शुक्रबार प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन।
अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन ।
दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ । ”रहर” एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल,दिपक शर्मा ,राम गोपाल ‘आशुतोष’ ,कृष्ण सुनुवार ,र खलनको मान्छे को शब्द रहेको छ भने । युवा सङ्गीतकार शङ्कर ‘थापा स्माइल’,दिपक शर्मा,शिब साम्पोङ्ग,अनिश श्रेष्ठ ,र पुस्कर सुनुवारको संगीत छ ।
नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा आफ्नो आवाज दिईसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक भैसकेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि