शुक्र, माघ ३, २०७६
Fri, January 17, 2020

सुरजको ‘बालुवाको घर’मा बिकाश,संगम र अस्मी [भिडियो ]

गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘बालुवाको घर’ बोलको गीतमा शब्द ललिता कुँवरको र संगीत चन्दन दत्त श्रेष्ठको रहेको छ। फणिन्द्र राइले संगीत संयोजन गरेको गीतले मायामा पिडा पाउनेको कथा बोल्छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका छन् ।
सार्बजनिक भिडियोमा बिकाश लामिछाने,संगम शर्मा र अस्मी थापा फिचर्ड छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालकै अफिसियल यु ट्युब च्यानल मार्फत सोमबार सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया