शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

सेलिब्रिटी भाइटिका: हरिबंश आचार्य, जिग्रीपाडे, प्रमोद खरेल देखि डन डिरेक्टरसम्म [फोटो फिचर ]

आज तिहारको सबै भन्दा मुख्य तथा भाइटीकाको दिन हो । भाइटीकालाइ सबै आ-आफ्नै तरिकाले मनाउने तथा रमाइलो गर्ने गर्दछन ।सबैले आआफ्नै तरिकाले भाइटीका मनाएका छन ।हामीले सेलिब्रिटीहरु को को ले भाइटीका मनाए भनेर हामीलाई प्राप्त एबम सामाजिक सञ्जालमार्फत उहाहरुले सार्बजनिक गरेका तस्बिरहरुलाइ यहाहरुलाई प्रस्तुत गरेका छौ ।
चर्चित तथा बरिष्ठ कलाकार हरिबंश आचार्यले पनि भाइटीका गर्नु भएको छ भने ,कलाकार दीपकराज गिरीले आफ्नी बहिनी देवकी गिरीको हातबाट भाइटीका गरेका तस्विरहरु फेसबुकमा अपलोड गरेका छन ।

अहिलेको चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालका जज प्रमोद खरेलले बहिनी सपनाबाट टिका लगाएका छन् भने अर्का चर्चित टेलिभिजन शो हिमालय रोडिजका डिरेक्टर अमन प्रताप अधिकारीले दिदि भारतीको हातबाट भाईटीका गरेका भने नेपालमै पहिलो पटक आउदै गरेको फरक खालको हास्यब्यङ्ग शो कमेडी च्याम्पियनका निर्माता, निर्देशक बिशाल भण्डारीले बहिनीहरु झरना मैनाली र मनुजा दाहालबाट टिका लगाएका छन ।

 

कलाकार सिताराम कट्टेल र उनका भाइ एबम चर्चित हास्य सिरियल सक्कीगो नीका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले दिदि बहिनी शान्ता कट्टेल र पुष्पा कट्टेलको साथै ठुलीआमाको छोरी अर्थात् हरिश निरौला ‘कक्रोच’को बहिनी संगीता निरौलासंग टिका लगाएका छन।

निमात्री एबम नायिका ,दीपा श्री निरौला त्यस्तै नायिकाहरु रीचा शर्मा, नीता ढुंगाना, बर्षा राउत, बर्षा सिवाकोटी लगायतले आफ्ना दाजु तथा भाईहरुलाई भाई टिका लगाइदिएका छन ।
अहिलेका चर्चित गीतकार डी पी खनालले पनि फुपू दिदीहरु कमला खनाल भट्टराई, तारा खनाल अधिकारी र सितल खनाल आचार्यबाट भाइटीका गरेका छन । गायक सुजन ढकालले पनि आफ्नु कान्छी फुपु मेनुका खड्काको हातबाट भाईटीका गरेका छन त्यस्तै नेपाल बाहिर पनि कलाकार ,गायक,गायिकहरुले भाइटीका गरेका तस्विरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन ।
हेर्नुहोस सेलिब्रिटी भाइटिका:

 

 

तपाईको प्रतिक्रिया