शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

चलचित्र ‘सेल्फि किंग’ निर्माणको घोषणा

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘सेल्फि किंग’ को निर्माणको घोषणा भएको छ ।

फिल्ममा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन् ।

फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् ।

निर्देशक सापकोटाको लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहनेछ । भाद्र २४ गते मंगलबारबाट छायाँकनमा जाने फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

तपाईको प्रतिक्रिया