सांगीतिक सिर्जनामा जम्दै गीतकार हरि उप्रेती

गीतकार हरि उप्रेती नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय हुदै गैरहेका छन्। लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका उनको करिब २ दर्जन गीतहरु सार्वजनिक भैसकेका छन् भने त्यस्तै १ दर्जन जति चलचित्रको गीतहरुमा उनको सिर्जना सुन्न सकिन्छ ।
सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज दिएका छ्न । उनले लेखेका गीतहरुले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छ्न । गीतलेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभु नारायण चौधरी फाउन्डेसनबाट रास्ट्रीय सम्मान समेत प्राप्त गरिसकेका छन । सी डि बिजय अधिकारीको सुमधुर आवाज रहेको उनको नयाँ गीत “कस्तो चलन” छिट्टै बजारमा आउदै छ । प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोको पोस्ट प्रोडक्सनको काम भैरहेको निर्देशकले जानकारी दिएका छन ।
थप समाचार

तपाईको प्रतिक्रिया