शुक्र, माघ ३, २०७६
Fri, January 17, 2020

स्टेशनमा गीत गाएर चर्चित बनेकी ती महिलालाई सलमानले दिए ५५ लाखको घर

जब भाग्यले साथ दिन्छ तब केही मिनेटमा नै कसैको दिन फर्किन सक्छ । भारतकी रानु मण्डललाई पनि त्यस्तै भएको छ । पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवन यतिबेला फेरिएको छ ।उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो ।रानूको उक्त गीतले दर्शकमा यस्तो जादु चलायो कि, सामाजिक सञ्जालमा उनको भिडियो ट्रेन्डिङमा आयो । उनलाई गायक हिमेशले गीत गाउने मौका दिए ।

अहिले खबर आएको छ कि, सलमान खानले ती बूढी महिलाको गीतबाट प्रभावित भएर आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा मौका पनि दिने भएका छन् ।त्यति मात्र होइन, सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट गरेका छन् । भारतीय मिडियामा यो खबर छाए पनि यसको आधिकारिक जानकारी भने आएको छैन ।

तपाईको प्रतिक्रिया