शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

प्रभासले तोडे आफ्नै फिल्मको रेकर्ड

दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘साहो’ ले कैयन् रेकर्ड ब्रेक गरिसकेको छ । शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्मले यतिबेला अर्को रेकर्ड पनि बनाएको छ ।खबरका अनुसार ‘साहो’ अहिलेसम्म धेरै हल पाउने फिल्म बनेको छ । यसअघि चलचित्र ‘बाहुबली २’ र रजनीकान्तको साइन्स फिक्सन फिल्म ‘२।०’ ले धेरै हल पाएर रेकर्ड बनाएका थिए । ‘बाहुबली २’ प्रभासको आफ्नै फिल्म थियो ।

भारतीय मिडियाका अनुसार ‘साहो’ भारतमा मात्र १० हजार स्किृनमा रिलिज हुँदैछ । फिल्म पण्डितहरुले यो फिल्मले पहिलो दिन नै ७५ करोड कमाउने अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया