शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

टाइगर श्रोफ र हृत्तिक रोशनको फिल्म ‘वार’को ट्रेलर सार्वजनिक

बलिउड सुपरस्टार हृत्तिक रोशन र टाइगर श्रोफको नयाँ फिल्म वारको ट्रेलर सार्वजनिक भएको छ । वारमा खतरनाक स्टन्ट र एक्सन सीन, फाइट सिक्वेन्स र टाइगर र हृत्तिकबीचको फेसअफ देख्न पाइन्छ । शिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म अक्टोबर महिनाको २ तारिखमा रिलिज हुँदैछ । कुल २ मिनट २५ सेकेन्डको ट्रेलरमा एक्सन भरपूर छ । हृत्तिकलाई खोज्न टाइगरलाई पठाइएको देखाइएको छ । भेट भएपछि दुईजनाबीच वार भएको देखाइएको छ ।

कार र बाइक चेजका सिक्वेन्सहरू दमदार देखिन्छन् । ट्रेलरका एक एक दृश्य भिजुअल ट्रीट हुन् । एक्सन र एड्भेन्चरबीचका भिजुअलले फिल्मलाई विशेष बनाएका छन् । एक्सन ड्रामामा ब्याकग्राउन्ड स्कोरले रोमाञ्च उत्पन्न गर्छ ।यशराज ब्यानरमुनि बनेको वार हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ । यो फिल्म सात फरक देश र १५ शहरमा शूट गरिएको छ । एक्सन र स्टन्ट सीनहरूलाई चार फरक एक्सन डाइरेक्टरले गराएका हुन्

तपाईको प्रतिक्रिया