शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

सुटिङ नै शुरु नभइ सलमानको ‘इन्सा-अल्लाह’ १९० करोड भारुमा बिक्री

बलिउड अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट सञ्जयलीला भन्सालीको फिल्म ‘इन्सा-अल्लाह’मा अनुबन्धित भएसँगै फिल्मको चर्चा चुलिएको छ । छायांकन समेत सुरु नहुँदै फिल्मको थिएट्रिकल राइट्स कीर्तिमानी रकममा बिक्री भएको नवभारत टाइम्सले उल्लेख गरेको छ। ‘इन्सा-अल्लाह’ १९० करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । सलमान र भन्साली दुई दशकपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले पहिलो पटक ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेका थिए । निर्देशक भन्सालीले यो फिल्मलाई सिनेमा हलमा प्रदर्शन अधिकारका लागि १६५ करोड भारतीय रुपैयाँमा बेचेका हुन् भने प्रमोशन र विज्ञापनको लागि उनले थप २५ करोड रुपैँयाँ लिएका छन् ।

तपाईको प्रतिक्रिया