शुक्र, माघ ३, २०७६
Fri, January 17, 2020

सनी लियोनीको आइटम डान्स रहेको नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज

बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । भदौ २७ गते रिलिज मिति तय गरिएको पासवर्ड विश्व सम्पदा सूचीमा परेको नेपालको एक मन्दिरको बहुमूल्य मूर्ति चोरीको विषयमा रहेको छ । रिलिज ट्रेलर हेर्दा मूर्ति चोरीपछिको खोजीमा चलचित्रको कथा अघि बढ्ने देखिन्छ ।

चलचित्रमा अनुप विक्रम शाही, बुद्धि तामाङ, विक्रम जोशी, परि राणा, रविन्द्र झा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतको अभिनय रहेको छ । रिलिज ट्रेलरमा नेपाल र बेलायतका दृश्यहरु देख्न सकिन्छ । चलचित्रमा सनी लियोनले ‘सनी मेरो नाम’ गीतमा नृत्य गरेकी छिन् ।

तपाईको प्रतिक्रिया