शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

छनोट प्रक्रियामा मिस्टर दाह्रीका ३० जना प्रतियोगी फाइनल चरणमा

मिस्टर दाह्रीको अन्तिम प्रतिस्पर्धाका लागि ३० जना प्रतियोगी छनोट प्रक्रिया सम्पन्न भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताका लागि देशका बिभिन्न शहरमा भएको अडिसनबाट अन्तिम ३० प्रतियोगी छानिएको हो ।

मिस्टर दाह्रीको पहिलो अडिसन एक नम्बर प्रदेशको राजधानी १८ साउनमा विराटनगरबाट सुरु भएको थियो । आयोजक थनडर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीका अनुसार सम्पन्न अडिसन मध्ये विराटनगर र विर्तामोडबाट ३-३ जना, इटहरीबाट ४, पोखराबाट ८, काठमाडौबाट १० र चितवनबाट २ जना युवाहरु अन्तिम प्रतिस्पर्धाको लागि छानिएका हुन् ।

तपाईको प्रतिक्रिया