सुनिल थापा अभिनित भिडियो ‘झ्याम पुतली’

‘राते काईला’को उपनामले चर्चित कलाकार सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यही अन्दाजमा देखिएका छन् । उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई ‘बोस’ को रुपमा चित्रण गरिएको छ । उनी पहिलो पटक हिपहप गीतमा देखिएका हुन् ।
‘झ्याम पुतली’ बोलको हिपहप गीत साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुई समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ ।
थप समाचार

तपाईको प्रतिक्रिया