Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

‘जाइरा’ फिल्म भदौ ६ गते प्रदर्शनमा आयो

फिल्म ‘जाइरा’ आज भदौ ६ गते शुक्रबारबाट प्रदर्शनमा आएको छ । मिक्स मार्सल आर्ट खेल र खेलाडीको वरपर कथा घुम्ने फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ रहेकी छन् । फिल्मका निर्देशक पनि नयाँ नै रहेका छन् । यो हप्ता एक मात्रै नेपाली फिल्म प्रदर्शनमा आएको हो ।


फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् ।  यो फिल्म कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतीमा बनेको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । यसमा केशव थापाको नृत्य निर्देशन छ र डि.ओ.पी. बाबु श्रेष्ठ रहेको छन ।

तपाईको प्रतिक्रिया