Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अमेरिकाबाट आयो दीपा तामाङको ‘म त छम्म छम्म गर्दै नाच्ने’ [भिडियो]

चर्चित गायिका दीपा तामाङको स्वर र अमाशी राईको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ। अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नरमान राईले गरेका हुन् ।
‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राईलाई हेर्न सकिन्छ । भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाइ राज राइले निर्माण गरेका हुन । निर्देशक नरमान राईको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि