Date
बिहि, फाल्गुन २०, २०७७
Thu, March 4, 2021

पप गायक सुजन ढकालको ‘सम्झनाका तरेलीमा’ सार्वजनिक

पप गायक सुजन ढकालले आफ्नो जन्म दिनको अवसर पारेर नयाँ गीत ‘सम्झनाका तरेली’ रिलिज गरेका छन । गायक ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको पप गीत ‘सम्झनाका तरेली’ ‘को अडियोलाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन। गीतमा सन्दीप कार्कीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियो भने केहि समय पछि विदेशमा नै छायांकन गरी निर्माण गरिने तयारी रहेको गायक सुजनले फिल्मी इन्फोलाई जानकारी दिनुभयो ।

केहि समय अगाडी मात्र गायक सुजनले ६ वटा गीतहरु समाबेश गीती संग्रह ‘डेप्थ’  बजारमा ल्याएका थिए जसमा रहेको ६ मध्ये ४ वटा गीतको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि