Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

दर्शकको रोजाइमा पर्दै फुलन्देकी आमा र काउली बुढी अभिनित अनिताको ‘टिकटकमा भिडियो’

नेपाली संगीत क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनिता चलाउनेको यो वर्षको तीज गीत सार्वजनिक भए संगै दर्शकको रोजाइमा पर्न सफल भएको छ । तीजको अवसर पारेर प्रत्येक वर्ष गीत निकाल्दै आएकी चलाउनेको तीज गीत ‘टिकटकमा भिडियो’ केहि दिन अघि मात्र सार्वजनिक भएको थियो ।

‘टिकटकमा भिडियो’ मा प्रल्हाद सुवेदीको शब्द र बसन्त थापाले संगीत र आशिष अविरलको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा फुलन्देकी आमा र काउली बुढीले अभिनय गरेका छन। भिडियोको निर्देशक पुराना निर्देशक शिव विकले गरेका छन। पछिल्लो समयको समसमयिक विषयमा रहेर गीत तयार पारिएको छ । गायनको को साथसाथै संचारकर्ममा पनि सक्रिय रहेकी अनिताको यस अघि धेरे आधुनिक, देउडा र लोक गीतहरुलाइ दर्शकहरुले अत्याधिक मन पराइसकेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि