Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

‘किन झरे आँशु’ सार्वजनिक

गीत संगीतको क्षेत्रमा होमिएका बर्दिवास नगरपालिका वडा नम्वर ५ चेरु बस्ने कलाकार विनोद ढकालले आफ्नो सातौं म्युजिक भिडियो बजारमा ल्याएका छन् । ढकाल र कृशला सुनुवार फिचर रहेको किन झरे आँशु नामक नयाँ अफिसियल म्युजिक भिडियो केही दिन अघि बजारमा आएको हो । उक्त म्युजिक भिडियोमा मनी बाँस्तोलाको शब्द, स्वर र संगीत रहेको छ । डि एन एस प्रोडक्सनले बजारमा ल्याएको भिडियोे विजय कृष्ण श्रेष्ठको निर्देशनमा बनेको हो । म्युजिक भिडियोमा धनी केटी र गरिव केटा बिचको प्रेम सम्बन्ध जोडिएको छ । भिडियोमा प्रेमिका पाएर जीवनमा निक्कै खुसी भएका एक केटाको कथा समेटिएको छ । भिडियोमा प्रेम सम्बन्धलाई टिकाई राख्न ति केटाले कुनै कसर बाँकी राखेका छैनन् । केटाले घरमा राखेको पैसा चोरेर खर्च गरेपनि अन्ततः युवती टाढिएको र रकम अभाव हुँदा उपचार गर्न नपाएर ति केटाको बुबाको मृत्यु भएको विषय वस्तुलाई चित्रण गरिएको छ । कलाकार विनोद ढकालको यसअघि ६ वटा म्युजिक भिडियोहरू बजारमा आईसकेका छन् । गायिका अन्जु पन्तको देखि लिएर गायक बिष्णु सुबेदी, नवराज खतिवडा, दिपक नेपाली, रूपक डोटेल लगायतको स्वरमा ढकालले आफ्नो अभिनय देखाईसकेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि