Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

पुष्प खड्का र वर्षा राउत अभिनित ‘पछि पछी’ यु ट्युब ट्रेडिंङको शिर्ष स्थानमा [भिडियो]

पदम राइ र मेलिना राइको स्वरमा रहेको ‘पछि पछी गीतको भिडियो सार्बजनिक भए लगतै यु ट्युब ट्रेडिंङको शिर्ष स्थानमा अघि बढ्दै गएको छ । यो समाचार तयार गर्दा सम्म यु ट्युब को २५ औ स्थानमा रहेको ‘पछि पछी’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत रोमान्टिक शैलीमा बनाईएको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोमा पुस्प खड्का,वर्षा राउत,गायक पदम राइ र गायिका मेलिना राइलाइ फिचर्ड गरिएको छ । जया शर्मा एसोसियट्स डाइरेक्टर रहेको भिडियो मेलिना राइको अफिसियल यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि