Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

दिलिप रायमाझी र जुना सुन्दास फिचर्ड ”बैशाख नि बित्यो असार नि बित्यो” रिलिज [भिडियो ]

नेपाली चलचित्र नगरीका कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट केहि टाढारहे पनि पछिल्लो समय उनी म्युजिक भिडियोको अभिनयमा ब्यस्त छन । नायक रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो शुक्रबार मात्र सार्वजनिक भएको छ । नेपाली सुगम एबम चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत ”बैशाख नि बित्यो असार नि बित्यो”मा दिलिप रायमाझी र जुना सुन्दास अभिनित छन । गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन। भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि