लण्डनमा छायांकन हुदै सुजन र स्मृतीको “तिम्रो चन्चले चुलबुले”

पप गायक सुजन ढकाल र गायिका स्मृती पोखरेलको युगल स्वरमा रहेको गीत “तिम्रो चन्चले चुलबुले”को म्युजिक भिडियोको छायांकनमा बेलायतको लण्डनस्थित विभिन्न रमणीय स्थल हुने भएको छ। गायक सुजन ढकालको शब्द संगीत रहेको गीतको भिडियोमा गायिका स्मृतीको नै अभिनय रहने छ। भिडियो शुटिंगको लागी अबको केहि दिनमा गायिका स्मृती लन्डन जादै छिन भने भिडियोका केहि दृश्यहरुको नेपालमा पनि शुट गरिने गायिका एबम नायिका स्मृतीले जानकारी दिनु भयो। यस अघि धेरै गीतहरु एबम बिदेशका धेरै ठाउहरुमा शुट गरिएको स्मृतीको धेरै म्युजिक भिडियोहरु आइसकेका छन भने पप गायक सुजन ढकालको डेप्थ एल्बम आइसकेको छ।
थप समाचार

तपाईको प्रतिक्रिया