Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

डियर पुर्ण लामाको शब्द तथा संगीत आयो ‘अल्लारे’ [भिडियो ]

गायक सन्तोष परियारले ‘अल्लारे’ बोलको लोकपप गीत स्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा डियर पुर्ण लामाको शब्द तथा संगीत र प्रसन्न परियारको संगीत संयोजन रहेको छ । गीतको शब्दहरु टिपिकल छन् । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार डियर पुर्ण लामाको यो पहिलो म्युजिक भिडियो हो ।
सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपाल कै युटयुब च्यानलमार्फत सार्बजनिक गरिएको छ सार्बजनिक गीतको भिडियोमा रविन भुजेल, इशा परियार, रिजोइस गुरुङ (सुनिल) ले मोडलिङ गरेका छन् । भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । सुरेश काफ्लेले छायाँकन गरेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।
हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया