Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘दाल भात तरकारी’को आइटम गीत ‘एन्टीबायोटिक खाउला’ सार्वजनिक

चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत ‘एन्टीबायोटिक खाउला’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द रहेको गीतमा मेलिना निरौलाको आवाज, शम्भुजित बास्कोटाको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतमा प्रियंका कार्कीको बोल्ड अवतार देख्न सकिन्छ ।


फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ । मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्ममा सुदन केसीको निर्देशन रहेको छ । फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । फिल्ममा दिर्घ गुरुङको छायांकन रहेको छ । चलचित्र वैशाख २० मा प्रदर्शन हुँदैछ । 

तपाईको प्रतिक्रिया

...र यो पनि