Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

रन्जीतको ‘सानु माया’मा बुगिवुगी विजेता कविता नेपाली [भिडियो ]

गायक तथा संगीतकार निरज सिलवालले आफ्नो स्वरमा रहेको नयाँ गीत बजारमा ल्याएका छन् । दशरथ थापाको शब्द सृजना रहेको सो गीतको म्युजिक भिडियोसहित गायक सिलवालले आफ्नो सांगीतिक कोशेली आफ्ना दर्शक र स्रोतामाझ ल्याएका हुन् । ‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रन्जीत पौडेलले अभिनय गरेका छन् ।
उनीसँगै म्यूजिक भिडियोमा ‘बुगिवुगी’ पहिलो सिजनकी विजेता कविता नेपालीलाई पनि देख्न सकिन्छ ।रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया