Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

क्रिशल र सेड्रीनाको ‘ओढेर घूङ्घट’को चर्चा

‘नेपाल आइडल सिजन २’ बाट टप १० भित्र पुग्न सफल भएका क्रिशल कडेल र अहिले चर्चित बाल नायिका सेड्रीना शर्माको नयाँ गीतको भिडियो सार्वानिक गरिएको छ । ‘ओढेर घूङ्घट’ बोलको गीतमा क्रिशल कँडेलको स्वर अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द सृजना रहेको छ ।


अभिनय गर्न माहिर क्रिशल सानै देखि गीत गाउन पनि रुचाउथ्ये । कुनै नायक भन्दा कमि नरहेका क्रिशल फिल्मी क्षेत्रमा आफ्नो पहिचान बनाउने पक्का देखिन्छन । त्यस्तै सेड्रीनाले ‘नाई नभन्नु ल ५’ जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेपछि चर्चामा आएकी हुन् । दीपक आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा कोरियोग्राफी र ड्रेस डिजाइन भने तेञ्जु योञ्जनले गरेकी हुन् ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि