Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

‘साँइली’को ‘प्याट प्याटे चप्पल’ सार्वजनिक

चलचित्र ‘साँइली’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको ‘प्याट प्याटे चप्पल’ गीतमा हर्क साउदको शब्द रचना रहेको छ । चलचित्रका मुख्य कलाकार गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईलाई गीतमा फिचर्ड गरिएको छ ।

चलचित्रलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्र ‘साँइली’ चैत्र १५ गते बाट प्रदर्शनमा आउने छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि