Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

भारतीय सिने उद्योग बलिउडका चर्चित गायक सोनु निगम काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन् । केही दिन अघि नेपाल आएका निगमको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका हुन् । गायक निगमको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको उपचारमा संलग्न डाक्टर प्रवीण नेपालले बताए ।

‘कम्मर दुखेर, आज दिउँसो २ बजेतिर अस्पतालमा आउँनुभएको हो । हामीले दुखाइ कम हुने औषधि दिएका छौं, स्वास्थ्य अस्वस्था सामान्य नै छ,’ उनले भने, ‘एक्सरेको रिपोट आउन बाँकी छ, रिपोट आएपछि सामान्य अवस्था भएका डिस्चार्ज गर्छौं ।’

आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए ।

 

तपाईको प्रतिक्रिया